डा. गोविन्द केसीलाई काठमाडौं ल्याउने नेकपाको निर्णय

 साउन ३, २०७५ बिहिबार ६:२२:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीले जुम्लामा अनसनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याउने निर्णय गरेको छ ।

नेकपाको बुधबार बसेको आकस्मिक बैठकले बैठकले डा. केसीको जीवनरक्षा पहिलो प्राथमिकता भएको भन्दै बिहीबार नै हेलिकोप्टरबाट काठमाडौं ल्याउन पहल गर्ने निर्णय गरेको हो । उहाँका मागबारे काठमाडौंमै बसेर गम्भीर छलफल गर्ने बैठकले निर्णय गरेको छ ।

१९ दिनदेखि अनसन बसेका डा. केसीको स्वास्थ्य अवस्था गम्भीर भए पनि सरकारले चासो नदिएको आरोप लागिरहेको छ । 

चिकित्सा शिक्षा अध्यादेशअनुसार विधेयक ल्याउनु पर्ने लगायतका माग राखेर डा. केसी जुम्लामा अनसनरत हुनुहुन्छ । यसबीचमा उहाँका प्रतिनिधिसँग सरकारले वार्ता गरे पनि सहमति हुन सकेको छैन ।

नेपाल चिकित्सक संघले बिहीबार देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने गरी आन्दोलन गर्ने घोषणा गरिसकेको छ ।

अन्तिम अपडेट: चैत ३०, २०८०

1 Comments

  • Yonghang tej

    July 19, 2018, 10 a.m.

    काठमाडौलाई १० बर्स कलेज खोलन नदिने मागको करेक्सन गर्दै माथेमा अायोगको प्रतिबेदन यो सरकारले लागुगरोस यदि गरेन भने जनबिरोधि सरकार हुनेछ।

  •  0 Reply

तपाईको प्रतिक्रिया