अस्पताल बन्द गरेर आन्दोलन गर्नेबारे चिकित्सक संघभित्रै विवाद

 साउन ३, २०७५ बिहिबार ६:४३:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं - जुम्लामा अनसन बसिरहेका डा. गोविन्द केसीका माग पूरा गराउन भन्दै नेपाल चिकित्सक संघले बिहीबार देशैभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गर्ने घोषणा गरेको छ ।

तर संघभित्रैबाट अस्पताल बन्द गर्न हुन्न भन्ने माग उठेको छ । डाक्टर गोविन्द केसीका माग पूरा गर्नुपर्ने, तर अस्पताल बन्द गरेर बिरामीलाई मर्कामा पार्न नहुने भन्दै दबाब बढेको छ । बिहीबारको बन्द गर्ने निर्णयमा चिकित्सक संघकै कोषाध्यक्ष रक्षा श्रेष्ठले नोट अफ डिसेन्ट लेख्नुभएको छ । 

‘नेपाल चिकित्सक संघको माग वार्ता समिति गठन गरेर डाक्टर केसीका माग पूरा गराउनुपर्छ भन्ने हो, सरकारले वार्ता समिति गठन गरेर वार्ताको प्रयास गरिरहेको छ, यस्तो अवस्थामा अस्पताल बन्द गरेर बिरामीलाई मारमा पार्न भएन भनेर मैले नोट अफ डिसेन्ट लेखेको हो’ नेपाल चिकित्सक संघकी कोषाध्यक्ष डाक्टर रक्षा श्रेष्ठले भन्नुभयो ।

डाक्टरहरुले नै अस्पताल बन्द गर्दा नराम्रो सन्देश जाने र बिरामीलाई पनि मर्का पर्ने भएकाले संघले अस्पताल बन्दको निर्णयमा पुनर्विचार गर्नुपर्ने उहाँको भनाई छ । 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया