तोपे खोलामा पहिरो खसेपछि नारायणगढ मुग्लिन सडक अवरुद्ध

 साउन ३, २०७५ बिहिबार ७:९:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – नारायणगढ मुग्लिन सडकखण्डमा अहिले कुनै पनि गाडी चलेका छैनन् । तोपे खोलामा बिहान पहिरो खसेपछि अहिले कुनै पनि गाडी नचलेका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

पहिरो हटाउन कम्तीमा पनि पाँच घण्टा लाग्ने भन्दै सकेसम्म बैकल्पिक बाटो प्रयोग गर्न नारायणगढ–मुग्लिन सडक आयोजनाले आग्रह गरेको छ । एकतर्फी मात्रै भए पनि खुलाउने प्रयासमा पहिरो पन्छाउन सुरु गरिएको छ । 

यो सडकखण्डको विकल्पमा काठमाडौंबाट पूर्व छुट्ने गाडी बनेपा बर्दिवास हुँदै विपी राजमार्गबाट यात्रा गर्न सक्छन् । यस्तै हेटौंडाबाट त्रिभूवन राजपाथ हुँदै नौबिसे निस्किएर काठमाडौं आउन सकिन्छ भने भैंसेबाट, कुलेखानी र सिस्नेरी हुँदै पनि काठमाडौं आइपुग्न सकिन्छ । 

यसैगरी पश्चिमबाट आउँने गाडी भने बुटवलबाट सिद्धार्थ राजमार्ग हुँदै पोखरा निस्किएर मुग्लिन हुँदै आउँदा जाममा बस्न पर्दैन । तर महेन्द्रराजमार्ग वा तराईसँग जोड्ने विकल्प नभएकाले ठूला गाडी भने मुग्लिन–नारायणगढ हुँदै चल्नुपर्नेछ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया