अछामको मल्लेखमा नेकपाका रमेश खड्का विजयी

 मंसिर १५, २०७६ आइतबार ८:२५:२४ | चन्द्र थापा
unn.prixa.net

अछाम  - मल्लेख गाउँपालिका–५ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का रमेश खड्का विजयी हुनुभएको छ । उहाँले नेपाली कांग्रेसका वीरबहादुर बोहराभन्दा २१५ मत बढी ल्याई विजयी हुनुभएको हो ।

कुल खसेको १ हजार ३५७ मतमध्ये खड्काले ७७८ र बोहराले ५६३ मत ल्याउनुभएको छ । १६ मत बदर भएको मुख्य निर्वाचन अधिकृत नवीनकुमार जोशीले जानकारी दिनु भएको छ ।

नेकपा र कांग्रेसका कार्यकर्ताबीच शनिबार साँझ झडप समेत भएपछि राति अबेर मात्र मतगणना सुरु भएको थियो । 

अन्तिम अपडेट: चैत १४, २०८०

चन्द्र थापा

अछामका उज्यालो सहकर्मी चन्द्र थापा रेडियो रामारोशनमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया