उपचुनाव : आज राति १२ बजेदेखि मौन अवधि, सामाजिक सञ्जालबाट ...
बैशाख १२, २०८१ बुधबार
संखुवासभा - संखुवासभाको खाँदबारी नगरपालिका –३ मा भएको वडाध्यक्षको उपचुनावमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का भरतकुमार घिमिरे विजयी हुनुभएको छ ।
नेकपाका घिमिरे ७ सय ९६ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका प्रतिष्पर्धी नेपाली कांग्रेसका उम्मेदवार बिक्रम गुरुङले ४ सय ६७ मत प्राप्त गर्नुभएको छ ।
खाँदबारी–३ मा १ हजार ८ सय २२ मतदाता रहेका थिए । त्यहाँ १ हजार २ सय ७१ मत खसेको थियो ।
यसअघि पनि यहाँ तत्कालीन एमालेले जितेको थियो ।
संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ ।