चक्रपथमा आजदेखि दिउँसो टिप्पर चलाउन नपाइने

 साउन ३, २०७५ बिहिबार ८:१४:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – सरकारले आजदेखि चक्रपथमा दिउँसोको समयमा टिप्पर चलाउन रोक लगाएको छ । टिपरको ठक्करबाट धेरैको ज्यान गएको भन्दै उपत्यकामा बिहान ५ बजेदेखि बेलुकी ८ बजेसम्म टिप्पर चलाउन रोक लगाइएको महानगरिय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार बेलुकी ८ देखि बिहान ५ बजेसम्म भने चक्रपथमा टिप्पर चलाउन पाइनेछ । टिप्पर चलाउन रोक लगाए पनि ट्रकलाई भने चल्न दिने निर्णय भएको छ । 
 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया