पाँचथरमा ट्र्याक्टर दुर्घटना: चालककाे ज्यान गयो, चार जना घाइते

 मंसिर १५, २०७६ आइतबार १४:५:१६ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर - पाँचथरको फिदिम नगरपालिका–१४ मा रहेकाे भालुखोप भन्ने ठाँउमा ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ भने ४ जना घाइते भएका छन् ।

भालुखोपबाट लुङरुप्पा भन्ने ठाँउतर्फ जाँदै गरेको मे १ त ५७८१ नम्बरको ट्र्याक्टर आइतबार अनियन्त्रित भएर सडकबाट झण्डै २५ मिटर तल खस्दा ट्याक्टरका चालक १८ वर्षीय अविनास राईको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

ट्र्याक्टर दुर्घटनाबाट घाइते भएका ४ जनाको जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको प्रहरी निरीक्षक अनिलकुमार पौडेलले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: चैत १४, २०८०

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया