ओलम्पिक आयोजकलाई चिन्ताको विषय बन्यो बढ्दो गर्मी

 साउन ३, २०७५ बिहिबार ८:३२:५० | उज्यालो सहकर्मी
unn.prixa.net

सन् २०२० को टोकियो ओलम्पिकको आयोजना गर्ने तयारीमा रहेको जापानलाई बढ्दो गर्मीका कारण ठूलो तनाव सुरु भएको छ । ओलम्पिकको समयमा तापक्रम निकै उच्च हुने देखिएपछि ओलम्पिक आयोजकलाई अहिलेदेखि नै दबाव बढेको छ ।

अगष्टमा हुने ओलम्पिकको समय आउन झण्डै दुई वर्ष बाँकि छ । तर यो वर्ष ओलम्पिक हुने समय नजिकै टोकियोको तापक्रम ४१ डिग्री सेन्टिग्रेड पुगेको छ । जसका कारण तातो बाफले जनजिवन निकै प्रभावित भएको छ भने १४ जनाको मृत्यु पनि भइसकेको छ ।

दुई वर्षपछि यही समयमा टोकियोमा खेलकुदको महाकुम्भ मेला ओलम्पिकको आयोजना हुँदैछ । यो बेलामा पनि यही तापक्रम रहने हो भने खेलाडीको प्रदर्शनमा ठूलो असर पर्ने आयोजकको चिन्ता छ ।

गर्मीको रापले नौ हजारभन्दा बढी मानिस अस्पताल भर्ना भैसकेका छन् । ओलम्पिक आयोजनालाई भब्य बनाउन जापानले विलियन डलर खर्च गरिरहेको छ । जसका लागि उसले अर्को बर्ष नोवेम्बरमा उद्घाटन हुने रंगशाला तयार पार्ने योजनामा छ । यस्तै अन्य पूर्वाधारको काम पनि धमाधम भइरहेको छ ।

समुन्द्र नजिक भन्दा पनि समुन्द्र नभएको ठाउँमा बढी गर्मी हुने गरेको छ छ । अहिले टोकियोमा कम्तीमा ४० डिग्री तापक्रम रहेको छ ।
 

अन्तिम अपडेट: चैत ५, २०८०

तपाईको प्रतिक्रिया