१३औँ सागकाे उद्घाटन समाराेह सुरू: मार्चपास जारी

 मंसिर १५, २०७६ आइतबार १७:३९:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - दक्षिण एसियाली खेलकुद सागको १३ औंँ संस्करण औपचारिक रुपमा सुरु भएको छ । २० वर्षपछि फेरि जन्मभूमि फर्किएको सागलाई भब्य बनाउन सबै तयारी पूरा भएको छ ।

साँझ पाँच बजेबाट नेपालको मौलिक पञ्चेबाजासहित उद्घाटनको सुरुवात भएको १३ औंँ सागको मस्कट कालो हरिणको नेतृत्वमा सहभागी राष्ट्रको झन्डासहितको मार्च पाससँगै समारोह अघि बढिरहेकाे छ ।

हरेक देशका खेलाडी र अफिसियलले मार्चपासमा सहभागिता जनाएका छन् । एक घण्टा १४ मिनेटको यो कार्यक्रममा झण्डै साढे एक घण्टा सात देशका खेलाडीले मार्चपास गर्नेछन् भने बाँकी समय कलाकारका विभिन्न प्रस्तुति रहनेछन्।

उद्घाटनमा समारोहमा कुल १५ हजार कलाकारको प्रस्तुति रहनेछ । जसमा इन्दिरा जोशी, कुन्ति मोक्तान, आनन्द कार्की, सत्यराज आचार्य र मिलन अमात्यले राष्ट्रिय भाव बोकेको गीत प्रस्तुत गर्नेछन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रममा लगातार चार पटकका सागमा स्वर्ण जितेका तेक्वान्दोका ओलम्पियन दीपक बिष्टले ओलम्पिक फ्लेम बाल्ने छन् । खेलाडीका तर्फबाट स्वर्ण विजेता आयशा शाक्यले शपथ लिनेछिन् ।

नेपालका लागि मार्चपासमा नेपालको झण्डा भारत्तोलनका खेलाडी कमलबहादुर अधिकारीले बोकेका छन्।

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया