फाल्गुनन्दमा आधा मत गनिसक्दा नेकपाको अग्रता कायमै

 मंसिर १५, २०७६ आइतबार १९:४०:४० | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर – फाल्गुनन्द गाउँपालिकामा शनिबार भएको उपचुनावको मतगणना भैरहेको छ । 

पछिल्लो परिणामअनुसार ५ हजार ७ सय ३ मत गणना भैसकेको छ । अब ५ हजार ७ सय ५० मत गन्न बाँकी छ ।

आइतबार बिहान १० बजेदेखि सुरु मतगणनामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार वीरबहादुर कुरुम्बाङले अग्रता कायमै राख्नुभएको छ । कुरुम्बाङले २ हजार ७ सय २५ मत प्राप्त गर्दा नेपाली कांग्रेसका उम्मेदवार विर्जहाङ आङदेम्बेले २ हजार ५ सय ३१ मत प्राप्त गर्नुभएको छ । 

यो पालिकामा अन्य साना ६ दल पनि चुनावी मैदानमा उत्रिएका छन् । यो पालिकालाई कांग्रेसले आफ्नो बलियो आधार क्षेत्र मानेको छ । 

कुल १६ हजार ५ सय ७७ मतदातामध्ये १० हजार ८ सय २३ मतदाता उपचुनावमा सहभागी भएका थिए ।

अन्तिम अपडेट: चैत २१, २०८०

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया