कोदोबालीको विषयमा अन्तर्राष्ट्रिय बहस हुँदै
चैत १६, २०८० शुक्रबार
प्युठान - प्युठानमा स्थानीय तहका लागि भएको उपनिर्वाचनमा राष्ट्रिय जनमोर्चा र नेकपाकाे केन्द्रीय तहकाे समीकरण ताेड्दै स्वतन्त्र उम्मेदवार भिमेश घर्तीमगर विजयी हुनुभएकाे छ ।
घर्तीमगर स्वतन्त्रबाट विजयी भए पनि उहाँ नेकपाकै कार्यकर्ता हुनुहुन्छ । उहाँलाई पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारका रुपमा चुनावमा उठ्नुभएकाे हाे ।
पार्टीले टिकट दिएन : स्वतन्त्रबाट विजयी
नेकपाले राष्ट्रिय जनमोर्चासँग चुनावी तालमेल गरेपछि आक्रोशित बन्नुभएका ऐरावती गाउँपालिका-२, नेपानेका भिमेशकुमार घर्तीमगरले स्वतन्त्र उम्मेदवारीकाे घोषणा गर्नुभएको थियो । पार्टी केन्द्रीय कमिटीले गरेको निर्णय उल्लंघन गर्दै उहाँ चुनावी प्रचारमा लाग्नुभएकाे थियो ।
तर केन्द्रीय कमिटीको निर्णय नमान्दै जिल्ला कमिटीले भने भिमेशलाई नै सघाएको थियो । प्रतिस्पर्धी राजमोका भक्त बहादुर विकलाई उहाँले ३ सय ५१ मतले पछि पार्दै निर्वाचित हुनुभएको हो । नेपाली कांग्रेका भूपाल जिसीले भने ३ सय ५६ मत ल्याउनुभएको छ ।