१३ औ‌ँ सागको उद्घाटन (फाेटाे फिचर)

 मंसिर १५, २०७६ आइतबार २१:१७:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - राष्ट्रपति विद्यादेवी भण्डारीले सागको आइतबार साँझ १३औँ दक्षिण एशियाली खेलकुद सागको औपचारिक उद्घाटन गर्नुभयाे ।

उद्घाटनका क्रममा सबै देशका खेलाडी तथा कर्मचारीले आ–आफ्नो देशको झण्डासहित मार्चपास गरेका थिए ।

उद्घाटनको मार्च पासमा नेपालको राष्ट्रिय झण्डा भाराेत्ताेलनका कमलबहादुर अधिकारीले बोकेका थिए । सागमा सहभागीहरुलाई दक्षिण एसियाली ओलम्पिक काउन्सिलका अध्यक्ष जीवनराम श्रेष्ठले स्वागत गर्नुभयाे। उहाँले संसारको केन्द्र दक्षिण एसिया बन्दै गैरहेकाले यस क्षेत्रको एकता थप जरुरी रहेको बताउनुभयो ।

उहाँले खेलकुदका माध्यमबाट दक्षिण एसियाले विश्वमा थप पहिचान बनाउन सक्ने बताउनुभयो । यस्तै उपप्रधानमन्त्री एवं रक्षामन्त्री इश्वर पोख्रेलले सरकारले यो प्रतियोगितालाई ठुलो महत्व दिएर उद्घाटन गरेको भन्दै सागको सफलताको शुभकामना दिनुभयो ।

आतिशबाजी, विभिन्न झाँकी तथा प्रकाश संयाेजन भएकाे सागकाे उद्घाटन साँच्चै नै भव्य र उत्कृष्ट रुपमा सम्पन्न भएकाे थियाे ।

तस्बिर : रासस

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया