एउटै सागमा आयशाकाे दाेस्राे स्वर्ण, नेपालकाे स्वर्ण संख्या १३ पुग्याे

 मंसिर १६, २०७६ सोमबार १७:५:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत तेक्वान्दोको पुम्सेमा आयशाको टिमले स्वर्ण जितेको छ । पुम्सेको एकल इभेन्ट्मा स्वर्ण जितेकी आयशाले टिममा पनि स्वर्ण जित्न सफल भइन् ।

आयशाले पहिलो स्वर्ण व्यक्तिगत विधामा जितेकी थिइन् भने दोस्रो स्वर्ण टिम इभेन्ट्समा हात पारिन् । योसँगै उनले सागमा स्वर्ण संख्या ३ पुर्‍याएकी छिन् । यसअघि उनले ११ औँ सागमा स्वर्ण जितेकी थिइन् ।

सागमा उनको पदक संख्या ५ पुगेको छ । जसमा ३ स्वर्ण र २ रजत पद छ । 

नेपालले कराँतेमा ७, तेक्वान्दाेमा ५ र ट्रायथलनमा १ स्वर्ण जितेकाे छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया