१३औँ साग : अनुले जितिन् कराँतेमा स्वर्ण

 मंसिर १६, २०७६ सोमबार १७:४६:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत कराँतेमा नेपालले स्वर्ण संख्या १३ पुर्‍याएकाे छ । 

नेपालका लागि अनु अधिकारीले स्वर्ण पदक हात पारेकी छिन् ।  उनले श्रीलंकाकी खेलाडी डोनलाई ८–० को स्कोरमा हराउँदा सोमबारको अन्तिम स्वर्ण जितेकी हुन् ।

योसँगै १३ औँ सागमा कराँतेमा मात्रै नेपालको स्वर्ण संख्या ७ पुगेको छ । साेमबार कराँतेमा ९ स्वर्णका लागि भएकाे प्रतिस्पर्धामध्ये नेपालले ७ स्वर्ण जित्दा २ रजत हात पारेकाे हाे । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया