यी हुन् १३औँ सागमा आज नेपाललाई १५ स्वर्ण पदक दिलाउनेहरु

 मंसिर १६, २०७६ सोमबार १८:०:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले स्वर्ण संख्या १५ पुर्‍याएको छ । नेपालले करातेमा ७, तेक्वान्दाेमा ७ र ट्रायथलनमा एक स्वर्ण जितेकाे छ ।

आज आठ प्रतिस्पर्धामध्ये सातमा स्वर्ण जितेको नेपालका लागि सोमबारको अन्तिम स्वर्णका रुपमा अनु अधिकारीले पदक हात पारिन् । उनले श्रीलंकाकी डोनलाई आठ–शून्यको स्कोरमा हराइन् । जसका कारण नेपाले कराँतेमा स्वर्ण संख्या सात पुर्यायो ।

कराँतेको एकल कातामा नेपालका मण्डेकाजी श्रेष्ठले दोहोरो स्वर्ण जित्दै नयाँ कीर्तिमान बनाएका छन् । पुरुषको एकल कातामा पहिलो भएका मण्डेले पुरुष टिम कातामा पनि स्वर्ण हात पारे । यसका साथै मण्डे एकै सागमा दुई स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी बनेका छन् ।

नेपाली टिमले फाइनलमा श्रीलंकालाई हराएको थियो । नेपाली टिममा मण्डेसँगै महसुस मानन्धर र प्रविन महर्जनले नेपाललाई स्वर्ण दिलाए । नेपाली टिमले २५ दशमलव ५४ अंक ल्यायो भने श्रीलंकाले २५ दशलमलव २८ अंक हात पार्यो । यसअघि १० औं सागमा एथ्लेटिक्सका राजेन्द्र भण्डारीले एकै सागमा २ स्वर्ण जितेपछि डोपिङका कारण खोसिएको थियो ।

करातेमा पुरुष एकल कातामा पनि मण्डेले पाकिस्तानी खेलाडीलाई हराँउदै स्वर्ण जितेका थिए । टिम काता महलिामा नेपालका लागि निर्मला तामाङ, सरु कार्की, संगीता मगरले स्वर्ण चुमे । नेपालले पाकिस्तानलाई पछि पार्दै उपाधि जित्न सफलभयो । पाकिस्तान दोस्रो बनेको छ । श्रीलंकाले तेस्रो स्थान हात पार्‍याे । नेपालले २४ दशलमव ८८ अंक प्राप्त गर्‍याे भने पाकिस्तानले २३ दशमलव ३ अंक हात पार्‍याे ।

यस्तै करातेको पुरुष कुमुतेमा नेपालका लक्ष्मण तामाङले स्वर्ण जिते । लक्ष्मणले ५५ केजी तौल समूहमा बंगलादेशका मोहम्मद मस्तोफालाई पराजित गरे । बंगलादेशी खेलाडीविरुद्ध उनले १९० ले जित निकालेका हुन् । सेमिफाइनलमा उनले श्रीलंकाका वार्नाकुला सुर्यलाई पराजित गरेका थिए । यो सँगै नेपालले करातेमा स्वर्णको संख्या ४ पुर्याएको छ ।

८४ केजी तौल समूहमा दिवस श्रेष्ठले अन्तिममा फल गर्दा रजतमा सीमित बने । यस्तै ८४ केजी माथिको तौल समूहमा विप्लवलाल श्रेष्ठले पाकिस्तानी खेलाडीलाई हराउँदै स्वर्ण जिते । जसमा उनले पाकिस्तानका मोहम्मद बाजलाई ६–५ स्कोरले हराए ।

कुमुतेको ४५ केजीमुनिको तौल समूहमा कुशुम खड्काले बंगलादेशका मोउन्जेरा बोर्नालाई तीन–दुईको अंकमा हराइन् । यो सँगै उनले नेपालका लागि छैटौं स्वर्ण दिलाइन् । सागमा उनको यो पहिलो स्वर्ण हो ।

हेर्नुहोस् अहिलेसम्म १३औँ सागमा नेपाललाई स्वर्ण दिलाउने खेलाडी

कराते (एकल काता) – मण्डेकाजी श्रेष्ठ

कराते (टिम काता, पुरुष) – मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविण मानन्धर

कराते (टिम काता, महिला)– निर्मला तामाङ, संगिता मगर, सरु कार्की

कराते (५५ केजी) – लक्ष्मण तामाङ

कराते(८४ केजीमाथि) – विप्लवलाल श्रेष्ठ

कराते (४५ केजी मुनि)– कुसुम खड्का

कराते (५० केजी मूनि) –अनु अधिकारी

तेक्वान्दो पुम्से (२३–२९ वर्ष ) – कमल श्रेष्ठ

तेक्वान्दो पुम्से ( १७ –२३ वर्ष )– सिना मादेन लिम्बू

तेक्वान्दो पुम्से (२३ –२९ वर्ष ) – पार्वती गुरुङ

तेक्वान्दो पुम्से (२९ वर्ष माथि ) – आयशा शाक्य

तेक्वान्दो पुम्से (२९ वर्ष माथि ) –  आयशा शाक्य र सञ्जिकुमार पाण्डे

तेक्वान्दाे पुम्से महिला( १७-२९ वर्ष ) - निशा दर्नाल, स्वस्तिमा तामाङ र सञ्जिला तिमल्सिना

तेक्वान्दाे २३ वर्षमाथि उमेरसमूह - निता गुरुङ, प्रशांसा क्षेत्री र सुशीला राई

ट्रायथलन – सोनी गुरुङ

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया