पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढ्यो

 मंसिर १६, २०७६ सोमबार १९:५६:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँका दरले मूल्य बढाएको छ ।

नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १०९ रुपैयाँ तथा डिजल र मट्टीतेलको प्रतिलिटर ९७ रुपैयाँ कायम गरिएको नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिनुभयो ।

वृद्धि भएको मूल्य सोमबार राति १२ बजेदेखि लागु हुने निगमले जनाएको छ । इन्डियन आयल कर्पोरेशन (आईओसी) ले आइतबार पठाएको मूल्य सूचीमा इन्धनको मूल्य बढाएर पठाएका कारण पेट्रोल, डिजेल मट्टीतेलको मूल्य बढाइएको प्रवक्ता गोइतले जानकारी दिनुभयो ।

आईओसीले हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्यसमेत बढाएर पठाएको भए पनि त्यसको मूल्य भने नबढाइएको निगमले जनाएको छ । 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया