आईपीएलको इलिमिनेटरमा कोलकाता र राजस्थान प्रतिस्पर्धामा

 जेठ ९, २०७५ | उज्यालो सहकर्मी
unn.prixa.net

जेठ ९ – जारी आईपीएलमा आज पहिलो इलिमिनेटर कोलकाता नाइटराइडर्स तथा राजस्थान रोयल्सका बीच सुरु भएकाे छ ।

राजस्थानले टस जितेर बलिङ रोजेको छ । आजको खेलमा दुवै टिम राजस्थान रोयल्स र कोलकाता नाइटराइडर्स  टिममा कुनै परिवर्तन बिना मैदानमा उत्रिएका छन् ।
आजको खेलमा हार्ने टिम खेलबाट सोझै बाहिरिनेछ भने विजयी हुने टोलीले मंगलबारको क्वालिफायरको पराजित टोली सनराइजर्स हैदाराबादसंग इलिमिनेटर खेल खेल्नेछ । त्यो इलिमिनेटरमा विजयी हुने टिम चेन्नइसँगै फाइनलमा पुग्नेछ ।

फाइनल खेल मुम्बई इन्डियन्सको घरेलु मैदान वाङखेडेमा आउँदो मे २७ तारिखमा हुनेछ ।

तपाईको प्रतिक्रिया