मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किए, १० जनाको ज्यान गयो
बैशाख ११, २०८१ मंगलबार
जेठ ९ – जारी आईपीएलमा आज पहिलो इलिमिनेटर कोलकाता नाइटराइडर्स तथा राजस्थान रोयल्सका बीच सुरु भएकाे छ ।
राजस्थानले टस जितेर बलिङ रोजेको छ । आजको खेलमा दुवै टिम राजस्थान रोयल्स र कोलकाता नाइटराइडर्स टिममा कुनै परिवर्तन बिना मैदानमा उत्रिएका छन् ।
आजको खेलमा हार्ने टिम खेलबाट सोझै बाहिरिनेछ भने विजयी हुने टोलीले मंगलबारको क्वालिफायरको पराजित टोली सनराइजर्स हैदाराबादसंग इलिमिनेटर खेल खेल्नेछ । त्यो इलिमिनेटरमा विजयी हुने टिम चेन्नइसँगै फाइनलमा पुग्नेछ ।
फाइनल खेल मुम्बई इन्डियन्सको घरेलु मैदान वाङखेडेमा आउँदो मे २७ तारिखमा हुनेछ ।