काठमाडौं उपत्यकाको फोहोर संकलन सुरु

 साउन ३, २०७५ बिहिबार १२:१०:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – महानगरपालिकाले विहीबारदेखि फोहोर संकलन सुरु गरेको छ । फोहोर फाल्ने ठाउँसम्म पुग्ने सडक विग्रिएपछि फोहोर उठ्न नसक्दा उपत्यका दुर्गन्धित हुनुका साथै महामारी फैलने खतरा बढेको थियो । 

काठमाडौं महानगरपालिकाका सहप्रवक्ता नवराज ढकालका अनुसार  महानगरपालिकाका १५ सहित डेढ सय गाडीले विहीबारदेखि फोहोर संकलन गरेर विर्सजनका लागि लगेका छन् ।

बाटो सामान्य मर्मतगरेर विहीबार बिहानैदेखि फोहोर उठाउन थालिएको उहाँले बताउनुभयो । बर्खाको समयमा पहिरो जाने र सडक भासिने समस्या भइरहने भएकाले कुहिने र नकुहिने फोहोर छुट्टाएर राखी फोहोर व्यवस्पनमा सहयोग पु¥याउन महानगरपालिकाले आग्रह गरेको छ । 
 

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया