विराटनगरको घोगापुल चोकमा  १५ तोला सुनसहित ५० हजार रुपैयाँ चोरी

 मंसिर १७, २०७६ मंगलबार १३:५२:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

माेरङ - विराटनगरमा चोरीको श्रृङ्खला बढेको छ । केही दिनअघि मात्र पसल फाेरेर चोरी गर्ने गिरोहलाई पक्राउ गरेपछि रोकिएको चोरीको श्रृङ्खला फेरि सुरु भएको हो ।

सोमबार साँझ  विराटनगर-९, घोगापुल चोकमा रहेको मुलचन तापडियाको घरमा चोरी भएको हो । तापडियाको घरबाट १५ तोला सुन, २५ तोला चाँदीको सिक्का र नगद ५० हजार रुपैयाँ चोरी भएको प्रहरीले जनाएको छ ।

साँझ घरका सबै सदस्य बजार गएको समयमा घरको पछाडिको ढोका फोरेर चोरी गरेको तापडियाले बताउनुभयाे ।

चोरीको बारेमा प्रहरीलाई खबर गरिएको भए पनि कसले चोरी गरेको भन्ने बारेमा जानकारी नभएको तापडियाले बताउनुभयाे । जिल्ला प्रहरी कार्यालय मोरङले चोरीमा संलग्नको खोजी भैरहेको जनाएको छ ।

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया