महिला भलिबल: तेस्राे सेट नेपालकाे पक्षमा, दुई-एककाे अग्रता

 मंसिर १७, २०७६ मंगलबार १७:३८:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - दक्षिण एसियाली खेलकुद साग अन्तर्गत महिला भलिबलको स्वर्णका लागि भइरहेकाे नेपाल र भारतबीचकाे प्रतिस्पर्धामा नेपालले दुई-एककाे अग्रता लिएकाे छ ।

त्रिपुरेश्वरमा रहेकाे राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतिस्पर्धाकाे तेस्राे सेट २५-२१ ले हराउँदै नेपालले दुई-एककाे अग्रता बनाउन सफल भएकाे हाे

यसअघि, त्रिपुरेश्वरमा रहेकाे राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतिस्पर्धामा नेपाल पहिलो सेटमा २५–१७ ले पराजित भएकाे थियाे ।

पहिलाे सेट गुमाएकाे नेपालले लयमा फर्कँदै दाेस्राे खेल २५-२३ ले जितेकाे थियाे । सुरुवात देखि नै कडा प्रतिस्पर्धा भएको दाेस्राे सेट एक समय १७–१७ को अवस्थामा थियो ।

तर त्यसपछि नेपालले २१–१७ को अग्रता बनाउन सफल भयो । त्यसपछि नेपालले लगातार तीन अंक गुमाउँदा खेल २२-२१ मा पुगेको थियो । अन्ततः नेपालले आफ्नो प्रभाव जमाउँदै २५–२३ ले जित्यो ।

अबकाे दुईमध्ये एक सेट जिते नेपालले ऐतिहासिक स्वर्णपदक जित्नेछ भने त्यसका लागि भारतलाई बाँकी दुई ओटै सेट जित्नुपर्ने हुन्छ ।   

 

 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया