अस्पतालको अवस्था तनावग्रस्त भएपछि डाक्टर केसीले भने –‘म काठमाडौं जान्छु’

 साउन ३, २०७५ बिहिबार १२:५३:२० | नेत्र शाही
unn.prixa.net

जुम्ला – २० दिनदेखि आमरण अनसनमा बसेका डाक्टर गोविन्द केसीले आफू काठमाडौं जान तयार रहेको बताउनुभएको छ । केसीलाई जसरी पनि काठमाडौं लैजाने भन्दै सुरक्षाकर्मीले लाठीचार्ज र अश्रु ग्यास प्रहार गरेपछि डाक्टर केसीले आफूले डाक्टर नर्स र विद्यार्थी कुटिएको हेर्न नसक्ने भन्दै काठमाडौ जान तयार रहेको बताउनुभएको हो ।

संक्षिप्त पत्रकार सम्मेलन गर्दै  डाक्टर केसीले प्रहरीले बल प्रयोग गरेका कारण कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कुनै पनि क्षति पुगेको र यो आफूले सहन नसक्ने भएकाले आफू काठमाडौं जान तयार रहेको बताउनुभएको हो । 

अहिले पनि प्रतिष्ठानमा तनाब भइरहेको छ । प्रहरीले जवरजस्ती केसीलाई काठमाडौं लैजाने भन्दै बल प्रयोग गर्दा १० जनाभन्दा धेरै घाइते भएका छन् । अस्पतालका डाक्टर, स्वास्थ्यकर्मी, विद्यार्थी र स्थानीयवासीले सरकारले केसीका माग पूरा नगरी काठमाडौं जान नदिने भन्दै अवरोध गरेका छन् । 
 

अन्तिम अपडेट: बैशाख १, २०८१

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

2 Comments

  • Krishna

    July 19, 2018, 3:59 p.m.

    सरकारल नै अपराधी भएपछि नेपालमा जस्तो हुन्छ स्वस्थ छेत्र

  •  0 Reply
  • शिव अधिकारि

    July 19, 2018, 1:58 p.m.

    दुई तिहाईको सरकार भएर होला अस्पताल भित्र अश्रुग्यास हन्ने आँट आएको।२० दिनदेखि आमरण अनसनमा बसेका डाक्टर केसी जनता को लागिअनसन बसेका थिए जनता को लागि बोल्नी को काम छैन यो देशमा । सरकारले नै नगरे पछी १,२ जना बोलेर केही हुँदैन । देश को लागि राम्रो गर्नी लाई ठाउँ नै छैन की के हो नेता हो ।

  •  0 Reply

तपाईको प्रतिक्रिया