इंग्लिस प्रिमियर लिगमा टोटनह्याम पराजित

 मंसिर १९, २०७६ बिहिबार ६:४७:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्लिस प्रिमियर लिगमा टोटनह्याम पराजित भएको छ । जोसे मोरिन्होले क्लब सम्हालेपछि लगातार तीन जित निकालेको टोटनह्याम चौथो खेलमा म्यानचेस्टर युनाइटेडसँग पराजित भयो ।

वर्ल्ड ट्राफोर्डमा भएको खेलमा जोसे मोरिन्हो आफ्नो पूर्व क्लबसँग २–१ ले हार्न पुग्यो । युनाइटेडलाई जित दिलाउनका लागि मार्कस रासफोर्डले दुई गोल गरे ।

छैटौँ मिनेटमा रासफोर्डले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए । ३९औं मिनेटमा डेले अल्लीले गोल गर्दै टोटनह्यामलाई खेलमा फर्काए ।

दोस्रो हाफको चौथो मिनटमा युनाइटेडले पेनाल्टी पायो । जसलाई रासफोर्डले गोलमा परिणत गर्दै म्यान्चेष्टर युनाइटेडलाई जित दलाए । जितसँगै म्यानचेस्टर युनाइटेड २१ अंक बनाउँदै छैटौं स्थानमा उक्लिएको छ । टोटनह्याम भने २० अंक सहित आठौँ स्थानमा छ ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया