प्रधानमन्त्री ओली डिस्चार्ज

 मंसिर १९, २०७६ बिहिबार १६:४:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार अपराह्न ४ बजे अस्पतालबाट डिस्चार्ज हुनु भएकाे छ ।

प्रधानमन्त्री ओलीलाई बिहीबार अपराह्न ४ बजे अस्पतालबाट डिस्चार्ज गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीलाई केही दिन आराम गर्ने सुझावसहित डिस्चार्ज गरिएको उहाँले बताउनुभयो । 

बिहीबार नै राष्ट्रपति विद्यादेवी भण्डारी अस्पतालमा पुगेर प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको थियो । प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार आएको अस्पतालले जनाएको छ । 

मंसिर १० गते मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा एपेन्डिससाइटिसको अप्रेसन गरेपछि प्रधानमन्त्री ओली अस्पतालमै उपचाररत हुनुहुन्थ्यो । अस्पतालमा उहाँको मिर्गौलाको नियमित डायलाइसिस समेत हुँदै आएको थियो । 

प्रधानमन्त्री ओलीले गएकाे साेमबार अस्पतालबाटै भिडियाे सन्देशमार्फत आफ्नाे स्वास्थ्यमा सुधार भएकाे जानकारी दिनु भएकाे थियाे । सन्देशमा उहाँले सागकाे उद्घाटन समाराेह पुरै हेरेकाे पनि बताउनु भएकाे थियाे ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया