ग्लोबल आईएमई र जनता बैंक मर्जर भएपछि एकीकृत कारोबार आजदेखि

 मंसिर २०, २०७६ शुक्रबार ७:२०:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – ग्लोबल आईएमई बैंक र जनता बैक मर्ज भएपछि शुक्रबारदेखि एकीकृत कारोबार सुरु हुँदैछ । शुक्रबार बिहान विशेष कार्यक्रमका साथ एकीकृत कारोबार सुरु गर्न लागिएको ग्लोबल आईएमई बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई बिग मर्जरका लागि निर्देशन दिएसँगै पहिलोपटक दुई वटा वाणिज्य बैंक मर्ज भएर एकीकृत कारोबार सुरु हुन लागेको हो ।

ग्लोबल आइएमईका अध्यक्ष चन्द्र ढकाल सञ्चालक समिति अध्यक्ष र जनता बैंकका प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुँवर क्षत्री हुने सहमतिमा ग्लोबल आइएमई बैंकले जनता बैंकलाई मर्ज गराएको हो ।

मर्ज हुँदा ग्लोबल आइएमईको १०० कित्ता सेयर बराबर जनता बैंकको ८५ कित्ता हुने गरी मिलाइएको छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया