साग पुरुष क्रिकेट : करण केसीको आक्रामक ब्याटिङ, नेपालले दियाे माल्दिभ्सलाई १६४ रनकाे लक्ष्य

 मंसिर २०, २०७६ शुक्रबार १४:३९:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – १३ औँ दक्षिण एसियाली खेलकुद (साग) पुरुष क्रिकेटमा नेपालले माल्दिभ्सलाई १ सय ६४ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुर क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६३ रन बनायो । नेपालका लागि अलराउण्डर करण केसीले ४० रनको अविजित आक्रामक पारी खेले । उनले १६ बलमा ४ छक्का र २ चौका प्रहार गरे । 

त्यस्तै दिपेन्द्रसिंह ऐरीले ३९ रन बनाए । यस्तै विनोद भण्डारी र कप्तान ज्ञानेन्द्र मल्लले समान १९/१९ रनको योगदान गरे । आरिफ शेखले १७ रन बनाउँदा रोहित पौडेलले १० रन थपे । यस्तै पारस खड्काले ११ रन बनाए ।

नेपालले सुरुवात भने राम्रो हुन सकेन । १५ रनमा पहिलो विकेट गुमाएको नेपालले ४२ रनमा दोस्रो तथा ४८ रनमा तेस्रो विकेट खेर फाल्यो । त्यसपछि अरु २७ रन स्कोरबोर्डमा जोड्दा नेपालले थप दुई विकेट खेर फाल्यो । 

७५ रनमा पाँच विकेट गुमाएको नेपालले एक सय ३० रन बनाउँदा सात विकेट गुमाएको थियो । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया