चिकित्सक संघकाे बन्द प्रभावः औषधि लेख्ने डाक्टर छैनन्, बिरामी अलपत्रमा

 साउन ३, २०७५ बिहिबार १४:५६:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर  श्रावण ३ – डा गोविन्द केसीको सर्मथनमा डाक्टरहरुले गरेको देशभरका सरकारी तथा निजी अस्पताल बन्दका कारण बिरामीहरु मारमा परेका छन् । 
चिकित्सा शिक्षा सुधारको माग गर्दै डाक्टर गोविन्द केसी २० दिनदेखि जुम्लामा अनसनमा हुनुहुन्छ । 

केसीको जीवन रक्षा र माग पूरा गर्न दबाब दिन भन्दै नेपाल चिकित्सक संघले बिहीबार देशभरका सरकारी तथा निजी अस्पताल, नर्सिङ होम तथा क्लिनिकमा आकस्मिकबाहेकका स्वास्थ्य सेवा बन्द गरेका छन् ।

यसैक्रममा बिहीबार भक्तपुरको भक्तपुर अस्पतालमा पनि आकस्मिक बाहेक सबै स्वाथ्य सेवा बन्द गरेर डाक्टरहरु आन्दोलनमा उत्रिएका छन् ।

भक्तपुर अस्पतालमा आएका बिरामीहरु मध्येका एक राम नरेश शाह बारादेखि खुट्टा उपचार गराउन ४ दिन अगाडि आउनुभएको थियो । 

उहाँको सबै रिपोर्ट आयो तर औषधि लेख्ने डाक्टर नभएका कारण उहाँ घर फर्कने टिकट फिर्ता गर्नु पर्ने अवस्थामा पुग्नु भएको छ ।

अर्का बिरामी राशिका मर्हजन भिडियो एक्स–रे का लागि बिहीबार ७ बजे नै आउनुभयो । तर आउँदा अस्पतालमा डाक्टर नभएको उहाँको गुनासो छ ।

त्यसैगरी अर्का बिरामी जयराम अवाल हातमा समस्या भएर दैनिक थेरापी गर्नु पर्ने हुनाले बिहिबार १० बजे नै अस्पताल आइपुग्नुभयो । तर उहाँले पनि अस्पतालमा डाक्टर भेट्न सक्नुभएन ।

डाक्टर नभएका कारण बुधबारकै लागि भिडियो एक्स–रे को टिकट लिएका अर्का बिरामी बिहिबार अस्पताल आउँदा पनि भिडियो एक्स–रे हुन सकेन । 


 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया