प्रचण्ड नेतृत्वकाे सरकारलाई निरन्तरता दिन एमाले तयार छ : महास...
बैशाख ७, २०८१ शुक्रबार
स्पेनिस क्लब रियल मड्रिडले चेल्सीका गोलरक्षक थिबाउट कोट्वा र प्लेमेकर इडेन हाजार्ड अनुबन्ध गर्नका लागि उच्चस्तरीय छलफल सुरु गरेको छ ।
हाजार्डलाई रियलले कीर्तिमानी २०० मिलियन पाउण्डको प्रस्ताव राख्ने तयारी गरेको बुझिएको छ । तर उसले आधिकारिक रुपमा भने यो कुरा खुलाएको छैन । क्रिष्टियानो रोनाल्डोलाई एक सय मिलियन पाउण्डमा युभेन्टसमा बेचेको रियल मड्रिड उनको स्थानमा उपयुक्त खेलाडीको खोजीमा रहेको छ ।
कोट्वाको सम्झौता यसै वर्ष सकिँदैछ । तर उनको सम्झौता लम्बिने कुरामा अन्योल कायमै छ । यसैबीच गोलकिपर कोट्वाले भने मड्रिडमा घर खोज्न थालेको बुझिएको छ ।