१३‍‍ ‍‍औँ साग : कुस्तीमा नेपाललाई एक रजत र तीन कांस्य

 मंसिर २१, २०७६ शनिबार ६:५८:४० | सुभाष कर्ण
unn.prixa.net

धनुषा - दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत शुक्रबार जनकपुरधाममा भएको विभिन्न चार तौल समूहको कुस्तीमा नेपालले एक रजत र तीन कांस्य पदक हासिल गर्न सफल भएको छ ।

नेपालकी स्वांगीले कांस्य र मनिषा सिंह, सरोज यादव र नरेश यादवले रजत पदक दिलाउन सफल भएको हुन् ।

जनकपुरधामको कभर्ड हलमा आयोजित कुस्ति प्रतियोगितामा भारतले चार वटै समूहमा स्वर्ण र श्रीलंकाले एक कांस्य र तीन रजत पदक हासिल गरेको छ भने बंगलादेशले कुनै पनि समूहमा पदक हासिल गर्न सकेन ।

५० किलो तौह महिला समूहतर्फ भारतकी शीतल तमोरले स्वर्ण, श्रीलंकाकी निरोशनीले रजत र नेपालकी मनिषा सिंहले कास्य पदक हासिल गरिन् भने ५३ किलोग्राम तौल महिला समूह तर्फ पनि भारतकी पिन्की पालले स्वर्ण, नेपालकी स्वांगीले रजत र श्रीलंकाकी समिकाले कास्य पदक हासिल गरिन् ।

त्यसैगरी ५७ किलोग्राम तौल पुरुष समूहतर्फ भारतका राहुल कुमारले स्वर्ण, श्रीलंकाका कथुरांगाले रजत र नेपालका नरेशप्रसाद यादवले कांस्य पदक जिते । त्यसैगरी पुरुषतर्फकै ६५ किलो समूहतर्फ भारतकै अमितकुमार स्वर्ण, श्रीलंकाका चमाराले रजत र नेपालका सरोज यादवले कांस्य पदक जितेका छन् ।

विजेता खेलाडीहरुलाई प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउत, जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह, राष्ट्रिय खेलकुद विकास परिषदका सदस्य सचिव रमेश सिलवाललगायतका व्यक्तिले पदक प्रदान गरेका थिए ।

यसअघि प्रदेशका मुख्यमन्त्री राउतले मैनबत्ती बालेर कार्यक्रमको उद्घाटन उद्घाटन गर्नु भएकाे थियाे। 

अन्तिम अपडेट: चैत ५, २०८०

सुभाष कर्ण

कर्ण उज्यालाेका धनुषा संवाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया