सांसद हसिना खानद्वारा शपथ ग्रहण
बैशाख ७, २०८१ शुक्रबार
काठमाण्डाै - दक्षिण एसियाली खेलकुदअन्तर्गत क्रिकेटमा नेपालले अहिले बङ्गलादेशसँग खेलिरहेको छ । नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको छ।
ताजा अवस्थामा बंगलादेशले १७ ओभरकाे समाप्तिमा ४ विकेट गुमाउँदै १२४ रन बनाएर खेलिरहेकाे छ । नेपालका लागि पारस खड्काले उत्कृष्ट बलिङ गरे । ४ ओभर बलिङ गरेका पारसले १५ रन दिएर ३ विकेट लिए । बंगलादेशका ओपनरद्वय माेहम्मद नैम र साैम्य सरकारलाई पारसले ६-६ रनमा आउट गरे ।
नैम पारसकाे बलमा बाेल्ड आउट भएका थिए भने साैम्यलाई करण केसीकाे हातबाट क्याच आउट गराएका थिए । त्यस्तै सैफ हसनलाई पनि पारसले शून्य रनमै बाेल्ड गरेका थिए । त्यस्तै यासिर अलीलाई अभिनाश बाेहराले कप्तान ज्ञानेन्द्र मल्लकाे हातबाट क्याच आउट गराएका थिए ।
जारी प्रतियोगितामा नेपालको लिग चरणको अन्तिम खेल हो। बलियो टिम बङ्गलादेशसँग नेपालको लक्ष्य जित रहेको छ।