साग पुरुष फुटबल : नेपाल र माल्दिभ्स पहिलाे हाफमा १-१ काे बराबरीमा

 मंसिर २१, २०७६ शनिबार १४:३१:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ– १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा अहिले नेपाल र माल्दिभ्सबीचको खेल जारी छ ।

पहिलो हाफको खेल सकिक्दा नेपाल र माल्दिभ्स १-१ गोलको बराबरीमा छ । पहिलो हाफको १८ औं मिनेटमा माल्दिभ्सका इब्राहिम महुदीले गोल गर्दै अग्रता दिलाएका थिए । 

तर खेलको ४३ औँ मिनेटमा नेपालका लागि अभिषेक रिजालले गोल गर्दै बराबरी गरे । नेपालका २ वटा प्रहार साइडबारमा लागेर बाहिरिएको थियो भने २५ औं मिनेटमा सुनिल बलले प्रहार गरेको फ्रि किकलाई गोलकिपरले बचाएका थिए ।

२६ औं मिनेटमा माल्दिभ्सका गोलकिपर विट भइसकेका बेला अन्य खेलाडीले हेडरमार्फत बल किलियर गरेका थिए ।

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया