साग महिला बक्सिङ : माला राई फाइनलमा

 मंसिर २२, २०७६ आइतबार १६:५१:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला बक्सिङमा माला राई फाइनलमा पुगेकी छिन् ।

५१ केजी तौल समूहको सेमिफाइनलमा श्रीलंकाकी कोसाला निलमिनीलाई अंकका आधारमा पराजित गदै मालाले कम्तीमा रजत पदक पक्का गरेकी हुन् ।

मालाले स्वर्णका लागि भारतीय खेलाडी पिन्की रानीसँग खेल्नेछिन् । 

पिन्कीले चिरप्रतिद्वन्द्वी पाकिस्तानकी खेलाडी राजिया बानो अजिजलाई अंकमा पराजित गरिन् ।

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया