डा‍. केसीको समर्थनमा काठमाडौंमा ‘छाता आन्दोलन’ (फोटो फिचर )

 साउन ३, २०७५ बिहिबार १६:५९:१० | मदन पौड्याल
unn.prixa.net

काठमाडौं – डाक्टर गोविन्द केसीका समर्थकले बिहीबार पनि काठमाडौंमा प्रदर्शन गरेका छन् ।

चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग गर्दै १५ औं पटक अनसनमा बसेका डाक्टर केसीको पक्षमा माइतीघर मण्डलामा भेला भएका समर्थक प्ले कार्ड र नाराबाजीसहित नयाँ बानेश्वर पुगेका थिए ।

प्रदर्शनमा सहभागीले आफैले ओढेको छाता उठाएर केसीका माग पूरा गर्न सरकारलाई दबाब दिएका छन् ।

बिहीबारको विरोधलाई उनीहरुले छाता आन्दोलनको नाम पनि दिएका छन् ।

प्रदर्शनमा सहभागीले डाक्टर केसीको जीवन रक्षाको पनि माग गरेका छन् । माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन नयाँ बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो ।


 

अन्तिम अपडेट: बैशाख ६, २०८१

मदन पौड्याल

उज्यालोमा कार्यरत मदन पौड्याल राजनीति, प्रशासन र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। पौड्यालको भूकम्पपछिको पुनर्निर्माणमा दख्खल छ।  

 

तपाईको प्रतिक्रिया