प्रिमियर लिगमा आज राति आर्सनल र चेल्सी खेल्दै
बैशाख ११, २०८१ मंगलबार
काठमाण्डाै - इंग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले शीर्ष स्थानको लिभरपुलसँग अंक दूरी ८ मा झारेको छ । ४६ अंकका साथ शीर्ष स्थानमा लिभरपुल रहेको छ भने आइतबारको खेलमा एस्टोन भिल्ला माथि ४–१ गोल अन्तरको जित दर्ता गर्दै लेस्टरले तालिकामा ३८ अंक बनाएको हो ।
लेस्टरको जितमा जिमी भर्डिले २ तथा किलिचि इनाचो र जोनाथन इभान्सले एक एक गोल गरे । भिल्लाका लागि ज्याक ग्रिलिसले एक गोल फर्काएका थिए । २० औं मिनेटमा भर्डिले गोल गर्दै लेस्टरलाई अग्रता दिलाएका थिए । ४१ औं मिनेटमा किलिचिले गोल गर्दै अग्रता दोब्बर बनाए ।
यस्तै पहिलो हाफको अतिरिक्त समयमा भिल्लाका लागि ज्याक ग्रिलिसले गोल गर्दै अग्रता २–१ मा झारेका थिए । लेस्टरले दोस्रो हाफमा थप २ गोल गरेको थियो ।
उसका लागि जोनाथन इभान्सले ४९ औं मिनेटमा गोल गर्दै लेस्टरको अग्रता ३–१ मा पुर्याए । ७५ औं मिनेटमा भर्डिले व्यक्तिगत दोस्रो तथा टिमका लागि चौथो गोल गरे । पराजित भएको एस्टोन भिल्ला १५ अंकसहित १७ औं स्थानमा छ ।
न्यू क्यासल युनाइटेडकाे जित
यस्तै आइतबार राति नै भएको अर्को खेलमा न्यू क्यासल युनाइटेडले साउथ ह्याम्प्टनमाथि २–१ गोलको जित दर्ता गरेको छ । जितसँगै क्यासल २२ अंकका साथ १० औं स्थानमा छ भने पराजित भएको साउथ ह्याम्पटन १५ अंकका साथ रेलिगेशन जोनमा छ ।
पहिलो हाफ गोलरहित बराबरी भएकोमा साउथ ह्याम्प्टनले ५२ औं मिनेटमा अग्रता बनाएको थियो । उसका लागि डेनियल विलियले गोल गर्दै अग्रता दिलाएका थिए ।
तर ६८ औं मिनेटमा न्यू क्यासलका लागि जोन्जो सिल्भेले बराबरी गोल गरेका थिए । ८७ औं मिनेटमा फेडरिको फर्नान्डेजले गोल गरेपछि न्यू क्यासल २–१ गोलले विजयी भयो ।
सेफिल्ड युनाइटेड विजयी
सेफिल्ड युनाइटेडले नर्विच सिटीलाई २–१ गोलले पराजित गर्यो । एलेक्जेन्डर टिटेले गोल गर्दै नर्विचले २७ औं मिनेटमा अग्रता भने लिएको थियो । पहिलो हाफमा लिएको अग्रता नर्विचले दोस्रो हाफमा जोगाउन सकेन ।
४९ औं मिनेटमा इन्डा स्टेभनले बराबरी गोल गरे । ५२ औं मिनेटमा सेफिल्डका लागि जर्ज व्यालडकले गोल गरेपछि त्यही गोलको अग्रता बचाउँदै सेफिल्ड अन्ततः २–१ गोलले विजयी भयो । जितसँगै सेफिल्ड २२ अंकका साथ आठौं स्थानमा छ भने पराजित भएको नर्विच रेलिगेशन जोनमा छ ।