साग फुटबल फाइनलको टिकट २४ घण्टाअघि नै सकियो

 मंसिर २३, २०७६ सोमबार १८:४८:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – १३औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलको उपाधिका लागि मंगलबार नेपाल र भुटानबीच प्रतिस्पर्धा हुँदैछ ।

दशरथ रंगशालामा हुने खेल दिउँसो ३ बजेपछि सुरु हुनेछ । लामो समयपछि घरेलु मैदानमा खेलिरहेको नेपाल फुटबल टिमको खेल हेर्नका लागि दर्शकको ओइरो लागेको थियो । 

लिग चरणका हरेक खेलमा दर्शकको उल्लेख्य साथ पाएको नेपाली फुटबल टिम फाइनलमा पुगेसँगै दर्शकको उत्साह पनि निकै बढेको छ ।

नेपाल र भुटानको खेलका लागि बिक्रीमा राखिएको सबै टिकट बिक्री भैसकेको छ । फाइनलका लागि सर्वसाधारणतर्फ १ हजार र भिआईपीतर्फ २ हजार रुपैयाँ टिकट मूल्य राखिएको थियो ।

सोमबार दिउँसोबाट नै टिकटहरु सकिएको इसेवाले जनाएको छ । फुटबलको टिकटको जिम्मा इसेवाले लिएको छ । फाइनलका लागि १४ हजार टिकट बिक्रीमा राखिएको थियो । तर समर्थकको यस्तो ओइरो लाग्यो कि फाइनलको अघिल्लो दिन नै अनलाइनबाट बिक्री सम्पन्न भयो । 

टिकट निकै सोचेभन्दा चाँडै बिक्री भएपछि कतिपय समर्थकहरुले फाइनल खेल रंगशालामा हेर्न नपाउने भएका छन् ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया