मिस वर्ल्ड प्रतियोगितामा अनुष्का श्रेष्ठले दोस्रो चरणको ‘हेड–टु–हेड च्यालेन्ज’मा प्रतिस्पर्धा गर्दै

 मंसिर २४, २०७६ मंगलबार १३:१८:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - बेलायतको लण्डनमा जारी मिस वर्ल्ड प्रतियोगितामा मिस नेपाल अनुष्का श्रेष्ठले मंगलबार दोस्रो चरणको ‘हेड–टु–हेड च्यालेन्ज’मा प्रतिष्पर्धा गर्दैछिन् । 

‘हेड–टु–हेड च्यालेन्ज’को समूह विजेता बन्दै दोस्रो चरण प्रवेश गरेकी अनुष्काले मंगलबार इन्डोनेसियाकी प्रतिष्पर्धी फ्रेड्रिक एलेक्सीस कलसँग प्रतिस्पर्धा गर्नेछिन् ।

हेड–टु–हेड च्यालेन्ज अन्तर्गत समूह १० मा परेकी अनुष्काले टप ४० मा प्रवेश गर्न मंगलबारको प्रतिष्पर्धा पनि जित्नु पर्ने छ । दोश्रो चरणबाट उत्कृष्ट १० जना प्रतिस्पर्धी छानिने र उनीहरुले मात्रै सिधा टप–४० मा प्रवेश गर्ने अवसर पाउनेछन् ।

पहिलो चरणमा अनुष्काले तान्जानिया, जिब्राल्टार, पोल्याण्ड, मेक्सिको र द केमन आइल्याण्ड्सलाई पछि पार्दै समूह विजेता बनेकी थिइन् ।

नेपालको प्रतिनिधित्व गर्दै बेलायतको लण्डन पुगेकी मिस नेपाल अनुष्का श्रेष्ठले टप मोडल, बेस्ट इन ट्यालेन्ट, खेल, ब्युटी बिथ पर्पस र मिस मल्टिमिडिया लगायत विधामा प्रतिप्रर्धा गरिरहेकी छिन् । मिस वर्ल्डको फाइनल यही डिसेम्बर १४ तारिखका दिन हुँदैछ ।  
 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया