साग फुटबल फाइनल : भुटानले फर्कायाे बराबरी गाेल

 मंसिर २४, २०७६ मंगलबार १५:४०:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - दक्षिण एसियाली खेलकुदकाे पुरुष फुटबलकाे फाइनलमा भुटानले बराबरी गाेल फर्काएकाे छ ।

भुटानका कप्तान चेन्चाे ग्याल्सेनले ३७औँ मिनेटमा बराबरी गाेल फर्काएका हुन् । 

यसअघि भुटानविरुद्ध नेपालका लागि १७औँ मिनेटमा अभिषेक रिजालले गाेल गरेका हुन् । उनले जारी सागमा याेसँगै ३ गाेल गरेका छन् । उनले यसअघि माल्दिभ्स र भुटानविरुद्ध एक-एक गोल गरेका थिए ।

नवाैँ  मिनेटमा मिक्चेन तामाङले पोष्टभित्र पाएको मौकामा भने चुक्न पुगेका थिए । नेपालकाे खेल हेर्न दशरथ रंगशालामा दर्शककाे खचाखच उपस्थिति रहेकाे छ ।

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया