भाेजपुरकाे २ वटा वडा कार्यालयमा आगजनी

 मंसिर २५, २०७६ बुधबार ८:५८:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

भोजपुर – भोजपुरको दुई वटा वडा कार्यालयमा नचिनेको मानिसको समूहले आगजनी गरेका छन् । 

रामप्रसादराई गाउँपालिका २ को धोद्लेखानी वडा कार्यालय र पौवादुङमा ३ को च्याङ्ग्रे वडा कार्यालयमा मंगलबार राति नचनेको मानिसको समूहले आगजनी गरेको प्रहरीले जनाएको छ । 

पौवादुङ ३ को च्याङ्ग्रे वडा कार्यालयमा मट्टीतेल छर्केर कागज पत्र, कुर्सी, फर्निचरलगायतका सामग्रीमा आगजनी भएको गाउँपालिकाकी उपाध्यक्ष सम्झना राईले जानकारी दिनुभयो ।  वडा कार्यालयको ढोका ह्याक्सोले काटिएको छ । 

यता रामप्रसादराई गाउँपालिका २ को वडा कार्यालय भने पूर्णरुपमा ध्वस्त भएको छ । घटनाको जानकारी पाउनासाथ प्रहरी घटनास्थलमा पुगेको छ । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया