सागमा स्वर्ण जित्नेलाई जनही २५ लाख दिनुपर्छ : तरुण दल

 मंसिर २५, २०७६ बुधबार ११:५३:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल तरुण दलले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जित्ने खेलाडीहरुलाई जनही २५ लाख रुपैयाँ दिन माग गरेको छ । 

यस्तै रजत पदक विजेतालाई १५ लाख रुपैयाँ र कांस्य पदक विजेतालाई १० लाख रुपैयाँ दिन पनि तरुण दलले माग गरेको छ ।

तरुण दलका अध्यक्ष जितजंग बस्नेतले बुधबार विज्ञप्ति जार्दै यस्तो माग गर्नुभएको हो । १३औँ सागमा आयोजक नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ कांस्य पदक जितेको छ । 

तरुण दलले सागमा खेलकुद मन्त्रालय र खेलकुद परिषद् (राखेप) ले भ्रष्टाचार गरेको आरोप पनि लगाएको छ ।

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया