कामदारमाथि लिइएको चर्को शुल्कको सम्बन्धमा मलेसियासँग औपचारिक छलफल हुने

 साउन ३, २०७५ बिहिबार १८:५२:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – विभिन्न कम्पनी खडा गरेर नेपाली कामदारमाथि लिइएको चर्को शुल्कको सम्बन्धमा साउन ८ गते मलेसिया सरकारसँग औपचारिक छलफल हुने भएको छ । 

मलेसियाका मानव संसाधन मन्त्री एम कुलासेगरनले नेपाली दूतावास मलेसियामा बिहीबार अनौपचारिक भ्रमण गर्दा याे विषयमा छलफल भएकाे हाे । नेपाली कामदारबाट लिइएको चर्को शुल्कका विषयमा मलेसियाको गृह, परराष्ट्र र मानव संशाधन मन्त्रालयले सामुहिक अध्ययन गरिरहेको र यस विषयमा औपचारिक छलफल गर्ने टुङ्गो लागेको मलेसियाका लागि कार्यवाहक राजदूत खरेलले बताउनुभएको छ । 

भ्रमणका क्रममा मन्त्री कुलासेगरनले नेपालले मलेसियामा कामदार पठाउने सवालमा लिएको पछिल्लो निर्णयबारे चासो राख्नुभएको थियो । नेपाली कामदार मेहनती र इमान्दार भएको भन्दै नेपालको पछिल्लो निर्णय र अनुरोधलाई मलेसिया सरकरकाले गम्भीरताका साथ लिइरहेको कुलासेगरनले बताउनुभयो । 

 

अन्तिम अपडेट: बैशाख ६, २०८१

3 Comments

  • ghanshyam Bogati

    July 30, 2018, 11:02 p.m.

    सही भन्नु भो सरले /

  •  0 Reply
  • krishna timalsina

    July 22, 2018, 2:52 p.m.

    अब मलेसियाको लागि कहिले बाट भिसा प्रक्रिया अगाडि बढाउछ तेस्को जानकारी पाउन पाए म आभारी हुने थिए

  •  0 Reply
  • Chhiring

    July 19, 2018, 11:33 p.m.

    सरकारवाट भएको कुरा सही हो , तर सरकारले यो कुरा पनि सोच्नु पर्यो कि जुन युवाले नेपालमा भिसा आएर पनि २ महिनासम्म पर्खेर बसेका छन, तिनीहरुले के गर्लान - जो आफ्नो गाउँवाट बिदा भएर काठमाण्डौमा महँगो होटेल भाडा तिरेर बसेका छन् / जेहोस सरकारले जसरी भएपनि चाँडो भन्दा चाँडो मलेसिया जाने व्यवस्था मिलाउनुपर्यो /

  •  0 Reply

तपाईको प्रतिक्रिया