काठमाण्डाैसहित देशैभर चिसाे बढ्याे, पश्चिमी हिमाली भेगमा पानी र हिमपातकाे सम्भावना

 मंसिर २६, २०७६ बिहिबार ८:५२:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – पश्चिमी वायुको प्रभावले बिहीबारदेखि पानी र हिमपातको सम्भावना रहेको मौसमविले बताएका छन् । 

पश्चिमका हिमाली भेगमा हिमपात र पहाडी भेगमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले तीन दिनको मौसमी बुलेटिन सार्वजनिक गर्दै बिहीबारदेखि तीन दिनसम्म हिमपात र वर्षाको सम्भावना रहेको जनाएको हो । 

अहिले पश्चिमका हिमाली भेगमा हिमपात र पहाडी केही ठाउँमा पानी परिरहेको मौसमविद मञ्जु बासीले जानकारी दिनुभयो । पानी र हिमपातका कारण चिसो पनि देशैभर बढेको छ । 

हिमपातको सम्भावना रहेकाले आउँदो शनिबारसम्म पदयात्रामा नजान मौसमविद् बासीले पर्यटकलाई आग्रह गर्नुभयो । आउँदो शनिबारपछि भने मौसम खुल्ने उहाँको भनाइ छ ।

यस्तै काठमाण्डौ उपत्यकासहित देशैभर चिसो बढेको छ । काठमाण्डौ उपत्यकाको तापक्रम घटेसँगै चिसोका कारण बिरामी हुनेको संख्या पनि बढेको छ । चिसो बढेकाले बिहान बेलुका घर बाहिर सकेसम्म ननिस्किन डाक्टरले आग्रह गरेका छन् । 

निस्किनै परे न्यानो लुगा लगाएर हिँड्न डाक्टरको सुझाव छ । त्यस्तै झोलिलो तथा तातो खाना खानुपर्ने उनीहरुले बताएका छन् । 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया