डाक्टर केसीलाई काठमाडौं ल्याइयो, शिक्षण अस्पतालमा उपचार हुँदै

 साउन ३, २०७५ बिहिबार १९:१९:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – बीस दिनदेखि जुम्लामा अनसनरत डाक्टर गोविन्द केसीलाई काठमाडौं ल्याइएको छ । 

जुम्लाबाट सुर्खेत हुँदै सेनाको हेलिकप्टरमाफर्त उहाँलाई काठमाडौं ल्याइएको हो । उहाँलाई लिएर आएको सेनाको हेलिकप्टर पौने सात बजे काठमाडौंको सैनिक मञ्चमा अवतरण गरिएको थियो । 

डाक्टर केसीलाई सैनिक मञ्चबाट नेपाली सेनाको एम्बुलेन्समा महाराजगञ्जमा रहेको त्रिवि शिक्षण अस्पताल लगिएको थियो । शिक्षण अस्पतालको आकस्मिक कक्षमा डाक्टर केसीको उपचार हुने बताइएको छ । 
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया