शेयर बजार खासै घटबढ भएन, दुई अर्ब ५३ करोड रुपैयाँको कारोबार
बैशाख १२, २०८१ बुधबार
काठमाण्डौ – भारतको राज्य असमको गुवाहिटी शहरमा 'नागरिकता संशोधन विधेयक'को विरोध गरिहेका प्रदर्शनकारी र प्रहरीको झडपमा दुई जनाको ज्यान गएको छ ।
असमका प्रहरी महानिर्देशक (डीजीपी) भाष्कार ज्योति महंताले यो घटाको पुष्टि गरेका हुन् । झडपमा केही प्रहरी अधिकारी पनि घाइते भएका छन् । प्रहरीले गोली चलाउँदा प्रदर्शनकारीको ज्यान गएको भन्ने बारेमा पुष्टि भइसकेको छैन ।
डीजीपी महंताले भने, ‘बुलेट इन्ज्युरीको कारण दुई जना प्रदर्शनकारीको ज्यान गएको हो । उनीहरुलाई कसरी गोली लाग्यो भन्ने बारेमा जाँच भइरहेको छ । कैयौँ ठाउँमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । यसमा ७ ८ जना प्रहरी पनि घाइते भएका छन् । केही राज्यमा झडप र फाइरिंगको घटना पनि भएको छ ।’
सञ्चारमाध्यम प्रेस ट्रस्ट अफ् इण्डिया (पीटीआई) का अनुसार एक जना प्रदर्शनकारीको अस्पताल लैजाँदै गर्दा बाटोमा नै ज्यान गएको थियो भने एक जनाको उपचारको क्रममा ज्यान गएको हो ।
नगरिकता संशोधनको विरोधमा शहरमा कर्फ्यु लगाइए पनि हजारौँका संख्यामा मानिसहरु विरोध जनाउँदै सडकमा निस्किएका छन् ।
यसैबीच असमका १० जिल्लामा मोबाइल, इन्टरनेटको प्रतिबन्ध शनिबारसम्म बढाइएको छ । डिब्रूगढ, गुवाहिटी र तिन्सुकियामा कर्फ्यु अझै पनि जारी छ ।
यो पनि पढनुस्
'नागरिकता संशोधन विधेयक'को विरोधमा असम किन जलिरहेको छ ? |