मिस वर्ल्ड २०१९ : अनुष्काले जितिन् 'मल्टिमिडिया अवार्ड'

 मंसिर २६, २०७६ बिहिबार २३:३९:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – मिस वर्ल्ड प्रतियोगिता २०१९ मा अनुष्का श्रेष्ठले मल्टिमिडिया अवार्ड जितेकी छिन् । 

लण्डनमा जारी मिस वर्ल्ड प्रतियोगितामा मिस नेपाल अनुष्का श्रेष्ठ शीर्ष ४० मा पर्दै दोस्रो चरणको ‘हेड टु हेड च्यालेन्ज’ मा पुगेकी थिइन् । 

यो चरण पार गरेर उनी अन्तिम १० मा पुगेपछि यही शनिबार डिसेम्बर १४ मा हुने फाइनल राउण्डको बाटो खुलेको छ । 

मल्टिमिडिया अवार्ड हात पारेपछि उनले सामाजिक सञ्जालमार्फत आफ्ना समर्थक, शुभेच्छक, पत्रकार, सम्पूर्ण नेपालीलाई धन्यवाद दिएकी छिन् । 
साथै अनुष्काले फाइनल राउण्डमा उत्कृष्ट प्रस्तुति दिने बताएकी छिन् । 

विश्वभरबाट छानिएका १ सय २५ देशका सुन्दरी मिस वर्ल्ड २०१९ मा सहभागी थिए । 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया