मलेसियामा दुई वटा हेलिकप्टर आकाशमै ठोक्किए, १० जनाको ज्यान गयो
बैशाख ११, २०८१ मंगलबार
खोटाङ - टाउकोमा मुस्ली प्रहार हुँदा खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान गैरीगुठका २४ वर्षीय रमेश राईको ज्यान गएको छ ।
बिहीबार राति भएको झगडाका क्रममा हलेसी तुवाचुङ नगरपालिका–९ सल्ले, तल्लोचिचिङ्गाका अशोक राई, बलराम राई र बबिन राईको समूहले टाउकोमा मुस्ली प्रहार गर्दा गम्भीर घाइते भएका राईको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी बामदेव गौतमले बताउनुभयो ।
टाउकोमा गम्भीर चोट लागेपछि अटोमा हालेर हलेसीमा रहेकाे एक क्लिनिकमा ल्याइएका राईको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घट्नामा संलग्न तीनै जना फरार रहेकाले घटनाबारे थप अनुसन्धान गर्न र फरारहरुको खोजीका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरिक्षकको कमाण्डमा टोली खटाइएको प्रहरीले जनाएकाे छ ।
दाजु अर्जुनसहित भूकम्प पुःननिर्माण अन्तर्गतको घर निर्माणको काम गरेर फर्कँदै गरेका रमेश र अन्य तीन जना बाटोमा भेट भएपछि सामान्य विषयमा झगडा सुरु भएको जानकारी आएको हलेसी तुवाचुङ नगरपालिकामा मेयर इवन राईले बताउनुभयो ।