चिसाेबाट कसरी बच्ने ?

 मंसिर २८, २०७६ शनिबार ८:५८:३९ | विना न्याैपाने
unn.prixa.net

काठमाण्डौ उपत्यकासहित देशैभर चिसो बढेको छ । तापक्रम घटेसँगै चिसोका कारण बिरामी हुनेको संख्या पनि बढेको छ । यस्तो बेला शरीरलाई बदलिएको मौसममा घुलमिल हुन गाह्रो हुन्छ । मौसम‍ फेरबदल हुँदा खानपान लगायतका कुरामा ध्यान पुर्‍याउन सके यसबाट हुने जाेखिमबाट बच्न सकिन्छ । 

चिसोको असर 

-शरीरलाई बहिरी वातावरणमा समायोजन हुन गाह्रो हुन्छ । 
-पहिलादेखिको रोगीलाई भने झन् धेरै असर गर्छ । 
-मुटु तथा हाडजोर्नीको समस्या छ भने बल्झिने हुन्छ । 
-युरिक एसिड, दमलगायतका रोग छ भने बल्झिने हुन्छ । 
-रुघाखोकी लाग्ने सम्भावना धेरै हुन्छ  । 
-चिसोका कारण रक्तनली साँघुरिएर रक्त प्रवाहमा असर गर्छ । यसले हृदयाघातको सम्भावना बढेर जान्छ ।

चिसोबाट कसरी बच्ने ? 

-न्यानो कपडा लगाउने 
-घरमा बस्दा पनि न्यानाे कपडा लगाउने
-आगो ताप्ने ।
-यो मौसममा शरीरमा पानी कम हुने भएकाले प्रशस्त मात्रामा तातो पानी पिउने । 
-चिसो खानेकुरा सकेसम्म नखाने, तातो  खाना खाने । 
-धेरै मात्रामा झोलिलो खानेकुरा खाने । धेरै नुनिलो नखाने 
-पौष्टिक खानेकुरामा जोड दिने ।  
-बालबालिका तथा वृद्धवृद्धालाई तेल मसाज गरिदिने ।
-मर्निङ वाक तथा इभिनिङ वाक नगर्ने ।
-समस्या परेमा स्वास्थ्य जाँच गराउने ।


(टेकु अस्पतालका डा. शेरबहादुर पुनसँग विना न्यौपानेले गरेको कुराकानीमा आधारित )
  
 

अन्तिम अपडेट: चैत ६, २०८०

विना न्याैपाने

विना न्याैपाने उज्यालाेमा कार्यरत हुनुहुन्छ।   

तपाईको प्रतिक्रिया