नेकपाको सचिवालय बैठक दिउँसाे तीन बजे बस्दै

 मंसिर २८, २०७६ शनिबार ९:२५:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै -  नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालयको बैठक आज शनिबार बस्ने भएको छ ।

नेकपाको पार्टी कार्यालय धुम्बाराहीमा दिउँसो ३ बजेका लागि बोलाइएको बैठकमा पार्टी एकताका बाँकी काम र  आइतबारदेखि बस्ने स्थायी कमिटीको  बैठकमा प्रस्तुत गर्ने कार्यसूचीका बारे छलफल गर्ने तयारी रहेको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार  सूर्य थापाले जानकारी दिनुभयो ।

बैठक हिजो शुक्रबारका लागि बोलाइएकाे भए पनि नेताहरुको व्यस्तताका कारण भन्दै आजका लागि सारिएको थियाे ।  

अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया