कर्णालीका मुख्यमन्त्री कँडेललाई विश्वासकाे मत
बैशाख १३, २०८१ बिहिबार
डडेल्धुरा - डडेल्धुरामा मुक्त हलिया पुनस्र्थापनाका नाममा करोडौंको भ्रष्टाचार भएको खुलासा भएको छ । मुक्त हलियाका लागि जिल्ला मालपोत कार्यालय डडेल्धुरामार्फत आएको २३ करोडमध्ये ३ करोड ३८ लाख रुपैयाँ भ्रष्टाचार भएको तथ्य बाहिर आएको हो ।
डडेल्धुरा जिल्ला मालपोत कार्यालयको तथ्याङ्क अनुसार कुल १२ सय हलियाका लागि आएको रकममध्ये १२ हजारका दरले मालपोत कार्यालयले घुस मागेको भन्दै पीडितहरुले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका छन ।
हलिया पुनस्थौपनाका लागि घर निर्माणका लागि आएको रकमबाट कमिसन खाने गरेपछि उजुरी परेको हो । घुस मागेको आरोपमा जिल्ला मालपोत कार्यालयका लेखापाल दिलबहादुर ऐर, कार्यालय सहायक मानबहादुर विक र मुक्त हलिया महासंघ डडेल्धुराका अध्यक्ष तुलाराम सार्की विरुद्ध जिल्ला प्रशासनमा उजुरी परेको हो ।
हलियाका घुसकाण्डमा मुछिएका कर्मचारीहरुले आफूहरुबाट कमिसन खाएको पीडित मुक्त हलिया धनबहादुर टमटाको भनाई छ ।
मालपोत कार्यालय डडेल्धुरामार्फत कार्यान्वयन भईरहेको मुक्त हलिया पुनस्र्थापना कार्यक्रममा भएको आर्थिक अनियमितता प्रकरणको अनुसन्धान अब अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्ने भएको छ ।
मुक्त हलिया पुनस्र्थापना कार्यक्रमका लाभान्वित ब्यक्तिहरुले जग्गा खरिद, घर मर्मत र घर निर्माणका लागि प्राप्त अनुदान रकममा घुस मागेको भन्दै मालपोत कार्यालय डडेल्धुराका कर्मचारी, राष्ट्रिय हलिया मुक्ती समाज महासंघ सम्वद्ध ब्यक्तिहरुका नाममा उजुरी पर्न थालेपछि जिल्ला प्रशासन कार्यालय डडेल्धुराले प्रारम्भिक छानबिन गरी थप अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइएको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिनु भएको छ ।
उहाँले जिल्ला प्रशासन कार्यालयमा प्राप्त लिखित तथा मौखिक उजुरीका आधारमा घुस लिएकाहरुसँग स्पष्टीकरण माग गरी ठाडो बयान लिएर थप कारबाहीका लागि अख्तियारमा पठाइएको बताउनुभयो । मुक्त हलियाबाट बिभिन्न बहानामा २० हजारदेखि ५० हजार रुपैयाँ घुस लिइएको उजुरीमा उल्लेख छ ।
डढेलधुराका उज्यालो सहकर्मी तपेन्द्र विष्ट रेडियो अमरगढीमा पनि काम गर्नुहुन्छ ।