अमेरिकामा दोस्रो पटक सुँगुरको मिर्गाैला जीवित मानिसमा प्रत्या...
बैशाख १३, २०८१ बिहिबार
सुर्खेत - सुर्खेतमा अरुका नाममा प्रहरी जवानको लिखित परीक्षा दिइरहेका नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालयले शनिबार भएको प्रहरी जवानको लिखित परीक्षामा सहभागी २२ जनालाई विभिन्न परीक्षा केन्द्रबाट पक्राउ गरेको हो ।
प्रहरीले श्रीकृष्ण संस्कृत तथा साधारण मावि इत्राम परीक्षा केन्द्रबाट १६ जना, सुर्खेत शिक्षा क्याम्पसबाट ४ जना र इग्रब्रिज माविबाट २ जना पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुुर्खेतका प्रमुुख एसपी दिल्लीराज पन्तले अरुको नामबाट परीक्षा दिइरहेको बेलामा पक्राउ गरिएको जानकारी दिनुभयो ।
उहाँले यस विषयमा अनुसन्धान भइरहेको बताउनुभयो ।