स्याङबोचेमा हिउँ : चौँरीलाई सास्ती, चिप्लेटी खेल्नेलाई मस्ती !

 मंसिर २८, २०७६ शनिबार २०:३०:५ | उज्यालो सहकर्मी
unn.prixa.net

सोलुुखुम्बुको खुम्बुपासाङल्हमु गाउँपालिकाको स्याङ्बोचेमा बाक्लो हिउँ जमेका कारण चौँरीलाई सास्ती भएको छ ।

शुक्रबारदखि परेको हिउँ जम्दा चौँरीगाईलाई खाना तथा पानी दिन समेत समस्या भएको याक विकास फार्म स्याङबोचेका निमित्त फार्म प्रबन्धक ललन यादवले बताउनुभयो ।

माथिल्लो गोठ भएका ठाउँमा हिउँ धेरै परेकोले अहिले स्याङ्बोचेमा रहेको मुख्य कार्यालयसँगै रहेको गोठमा ल्याइएको र त्यहाँ पनि बाक्लो हिउँ पर्दा समस्या भएको हो ।

बाक्लो हिउँ जमेपछि हिमाली क्षेत्रमा रहेका चौँरी गोठमा रहेका चौरी तथा गोठालाहरुलाई समस्या पर्ने गरेको छ । याक विकास फार्म नाम्चेमा अहिले ठूला साना गरी १३० वटा नाक तथा याक रहेका छन् ।

 

चिप्लेटी खेल्नेलाई मस्ती !

बाक्लो हिउँ जमेपछि स्याङ्बोचे विमानस्थल तथा आसपासमा चिप्लेटी खेल्नेहरुको घुइँचो लागेको छ ।

विदेशी पर्यटक तथा स्थानीय बासिन्दा हिउँमा चिप्लेटी खेलेर रमाएका यादवले बताउनुभयो । हिउँ परेपछि नाम्चे तथा आसपासमा रहेका विदेशी पर्यटकहरु हिउँमा रमाएका छन् । 

तस्बिर सौजन्य : ललन यादव 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया